ad ad

समाज


मेषको आत्मबल घट्ने, वृषको सेवा भाव बढ्ने, तपाईँको के? हेर्नुस् २३ असारको राशिफल

मेषको आत्मबल घट्ने, वृषको सेवा भाव बढ्ने, तपाईँको के? हेर्नुस् २३ असारको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार २३, २०८१ आइतबार ४:४४, काठमाडौँ

आज आइतबार, २३ असार २०८१ (७जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीहरूको पढाइमा मन नजान सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। साँझमा भने प्रेमीको सहयोग पाइनेछ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्।

भाग्यशाली रङ्ग हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : भक्ति र सेवा भाव बढेर जानेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद् यात्राको योग छ। रोकिएका अधुरा कामहरूको पुन: बन्नेछन्। प्रेम जीवन सामान्य नै रहनेछ। सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। धार्मिक यात्राको योग छ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। धार्मिक कार्यमा संलग्न भइनेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२, सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।   

कर्कट : आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय रहेको छ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

सिंह : नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। स्वास्थ्य सम्बन्धी लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। साँझमा भने आकस्मिक धन लाभ हुनसक्छ।

भाग्यशाली रङ्ग आकाशे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४५, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ५० र शिक्षामा ५५,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रेमीको साथ र सहयोग मिल्नेछ। प्रदर्शन गर्ने अवसर पनि जुट्ला।

भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ्गको प्रयोग नगर्ने।

तुला : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। मनोरञ्जनमा सहभागी पनि भइएला। कार्य सम्पन्न हुनसक्छ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१, र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

वृश्चिक : भाग्यले विभिन्न अवसर जुराउनेछ। रोकिएको धन हात पर्न सक्छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। गलाको प्रभाव बढ्नेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा २३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८,
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।   

धनु : लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यमा संलग्न भइनेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ४३,  वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।   

मकर : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। प्राविधिक कार्यमा लगाव बढ्नेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा १३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।    

कुम्भ : बन्न लागेको काम बिग्रनसक्छ। चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुनसक्छ। यात्रामा मालसामान हराउन सक्छ। मध्यदिन पछिका काममा सहजता महसुस होला। ठूलो लगानी गर्नु उपयुक्त छैन।

भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा  ३३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० 
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।

मीन : शुभ आरम्भको चर्चा चल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। जित्न पनि सकिनेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .