ad ad

समाज


राशिफल २२ असार : कन्यालाई महिला वर्गबाट विशेष सहयोग मिल्ने, मीनको अतिथि सत्कारमा दिन बित्ने, तपाईँको के?

राशिफल २२ असार : कन्यालाई महिला वर्गबाट विशेष सहयोग मिल्ने, मीनको अतिथि सत्कारमा दिन बित्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार २२, २०८१ शनिबार ४:५३, काठमाडौँ

आज शनिबार, २२ असार २०८१ (६ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : दिनको उत्तरार्धमा खर्च बढ्नेछ। परिवारको खुसीका निम्ति खर्च गरिएला। स्वास्थ्य राम्रो रहनेछ। ठिक समयमा गरिएको सही निर्णयले आत्मसन्तुष्टि मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : एकपछि अर्को अवसर आउला। न्यायिक कार्यमा सफलता मिल्नेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन : सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। अरूलाई प्रभावमा पारेर काम बन्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट : शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन्। साँझ भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४८, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूको कुभलो नसोच्ने।

सिंह : आफन्तको प्रगतिमा मन रमाउनेछ। रोकिएको धन हात पर्ला। भाग्यले विभिन्न अवसर जुराउनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : ठिक समयमा सही निर्णय लिन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

तुला : बलले भन्दा बुद्धि लगाएर निर्णय लिनु होला। सुखदुःख बराबरी खालको समय छ। पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : महत्वाकाङ्क्षी योजना गोप्य राख्नु होला। पढाइलेखाइमा प्रगति नहोला। नियमित खर्च बढ्नेछ। नयाँ उद्योग खोल्ने वा कुनै रचनात्मक काम गर्नेतर्फ सोच अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मातापिताको आशीर्वाद लिने। पहेँलो रङको प्रयोग नगर्ने।

धनु : रोकिएका काम सम्पन्न हुनेछन्। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : शुभकार्यतिर मन जाला। नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कुम्भ : रचनात्मक काममा जुट्ने समय छ। सहयोगीले साथ दिनेछन्, सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो रहेको छ भने अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। बोल्दा वा ठट्टा गर्दा सावधानी अपनाउनु होला। चलाखी अपनाउन सकेमा मात्र काम बन्नेछ। घरमा पाहुना आउलान्।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज संकटा देवीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .