ad ad

समाज


राशिफल ११ असार : मिथुनलाई नजिककै व्यक्तिबाट बाधा आइपर्ने, तुलाको प्रेममा मनमुटाव हुने, तपाईँको के?

राशिफल ११ असार : मिथुनलाई नजिककै व्यक्तिबाट बाधा आइपर्ने, तुलाको प्रेममा मनमुटाव हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार ११, २०८१ मंगलबार ४:५४, काठमाडौँ

आज मङ्‌गलबार, ११ असार २०८१ (२५ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : विद्या र बुद्धिको विकास हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ। सवारीसाधन प्राप्तिको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। ताममसिक भोजन नगर्ने।

वृष : प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्रा हुने देखिन्छ। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। महत्वाकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनुपर्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ तर आफन्तको साथ र सल्लाह भने पाइनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट : खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। बोलीको प्रभाव बढ्दै जानेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ। उपहार प्राप्त हुन सक्छ।

भाग्यशाली रङ पर्पल रहेको छ भने अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विश्वासपात्रले काममा साथ दिनेछन्। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कन्या : रोकिएका काम पूरा हुनेछन्। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। पारिवारिक स्वास्थ्य भने त्यति राम्रो नहोला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

तुला : सुखदुःख बराबरी खालको समय छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। घरमा पाहुना आउन सक्छन्। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। अधुरो कामले पनि गति लिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मकर : रमाइलो यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। स्वादिष्ट भोजन ग्रहणको अवसर मिल्ला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। भ्रमण तथा खानपानमा खर्च बढ्नेछ। पुँजी बजारको लगानी कमजोर हुन सक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मीन : वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .