ad ad

समाज


राशिफल ९ असार : मेषको बुद्धि बढ्ने, कन्याको प्रेममा मनमुटाव हुने, तपाईँको के?

राशिफल ९ असार : मेषको बुद्धि बढ्ने, कन्याको प्रेममा मनमुटाव हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार ९, २०८१ आइतबार ४:४६, काठमाडौँ

आज आइतबार, ९ असार २०८१ (२३ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : विद्या र बुद्धिको विकास हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। सेयरबजारबाट पनि फाइदा हुनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

वृष : नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। स्वास्थ्यमा समस्या आउनसक्छ तर आफन्तको साथ र सल्लाह भने पाइनेछ। घरमा अतिथिको आगमन पनि हुनेछ। आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ।

भाग्यशाली रङ्ग हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयरबजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मिथुन : प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। मनोरञ्जन कार्यमा सहभागी भइएला। रमणीय र सुखद् यात्राको योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५१ र  शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।  

कर्कट : मित्रबाट विशेष सहयोग मिल्नेछ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भाग्यले साथ दिनेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुनसक्छ।

भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयरबजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह : प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ। विश्वासपात्रले काममा साथ दिनेछन्। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।   

कन्या : लाभहानी, सुखदुख बराबरी खालको समय छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। घरमा पाहुना पनि आउनसक्छन्। निर्णायक क्षमतामा कमी आउनेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने।सजिलै अरुको विश्वास नगर्ने।   

तुला : रोकिएका अधुरा कामहरू पूरा हुनसक्छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रङ्गको प्रयोग नगर्ने।   

वृश्चिक : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आँटेको र ताकेको कार्य पूरा होला।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।    

धनु : बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ। शिक्षामा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयरबजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।   

मकर : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। भ्रमण तथा खानपानमा खर्च बढ्नेछ। सेयरबजारको लगानी कमजोर हुनसक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ।

भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयरबजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।   

कुम्भ : रमाइलो यात्राको योग रहेको छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

भाग्यशाली रङ्ग निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयरबजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् गणेशजीको दर्शन गर्ने। निलो रङ्गको प्रयोग नगर्ने।   

मीन : वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। भोजनको अवसर मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयरबजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। खैरो रङ्गको प्रयोग नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .