ad ad

समाज


राशिफल ८ असार : कर्कटको प्रियतमसँग भेट हुने, मिथुनको हर्षमै समय बित्ने र कन्यालाई चोरीको डर, तपाईँको के?

राशिफल ८ असार : कर्कटको प्रियतमसँग भेट हुने, मिथुनको हर्षमै समय बित्ने र कन्यालाई चोरीको डर, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार ८, २०८१ शनिबार ४:४१, काठमाडौँ

आज शनिबार, ८ असार २०८१ (२२ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सवारी साधन खरिद गर्ने योग छ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। बुद्धिको उपयोग गरेर जटिल ठानिएको काम सम्पादन हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : सुखदुःख बराबरी खालको समय छ। जिद्दीपनले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ। दबाब र तनाव बढेको महसुस हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन : अरूलाई प्रभावित पारेर काम बन्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। स्वादिष्ट भोजनको अवसर आउला। हर्षमा समय व्यतीत हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रियतमसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : घरमा अतिथिको आगमन हुनेछ। नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कामको थालनी हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मानसम्मान पाउने योग छ।

भाग्यशाली रङ निलो रहेको छ भने अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : नयाँ काम सुरु गर्न उपयुक्त समय छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। रोकिएका काम सुरु हुन सक्छन्। चलाखीपूर्ण बोलीले काम बन्ला। सन्तान सुखको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। सभासमारोहमा सरिक भइएला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। मनमा भएको बोझ हट्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : सानातिना समस्यामा अल्झनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। समय मध्यम खालको रहनेछ।

भाग्यशाली रङ पहेँलो रहेको छ भने अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : महत्त्वपूर्ण कामको योजना बन्नेछ। प्रेमीको सुझावअनुरूप कार्य सम्पन्न गर्न सकिनेछ। शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। अधुरा काम सम्पन्न हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .