ad ad

समाज


राशिफल ३२ जेठ : मेष गोप्य कार्यमा सफल हुने, सिंहलाई कीर्ति मिल्ने, मकरले अल्छीपन त्याग्नुपर्ने, तपाईँको के?

राशिफल ३२ जेठ : मेष गोप्य कार्यमा सफल हुने, सिंहलाई कीर्ति मिल्ने, मकरले अल्छीपन त्याग्नुपर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ ३२, २०८१ शुक्रबार ४:३४, काठमाडौँ

आज शुक्रबार, ३२ जेठ २०८१ (१४ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमणीय र सुखद यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : समय मध्यम खालको छ। शैक्षिक क्षेत्र कमजोर रहन सक्छ। पाचन प्रणालीमा समस्या देखिन सक्छ। रोकिएको काम साँझमा दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूलाई दु:ख दिने काम नगर्ने।

मिथुन : स्वादिष्ट भोजन पाइनेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। रमाइलो यात्राको योग छ। मित्र वर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : न्यायिक कार्यमा सफलता मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : कीर्तिमानी काम गर्ने समय छ। आँटेको र ताकेको कार्य पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुनेछ। अधुरा काम पूरा हुनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : दिन सामान्य नै रहनेछ। आफन्तजनसँग मनमुटाव बढ्नेछ। यात्रा गर्दा विशेष ध्यान दिनुहोला। विद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ। धूम्रपान तथा मद्यपानबाट टाढै रहनु होला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला : उपहार पाइन सक्छ। छोटो दूरीको लाभदायक यात्रा रहला। दाम्पत्य जीवन सुखमय हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम सम्पन्न हुनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। नयाँ कार्यको योजनले गति पाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। लगनशीलताले काम फत्ते हुनेछन्। मानसिक चिन्ता भने बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। आर्थिक कारोबारमा विवाद आउनेछ। साँझमा भने शुभ र नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सकारात्मक सोच राखेर अघि बढ्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ। दैनिकी विस्तारै सहज होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : अधुरो र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। आँटेको र ताकेको कार्य पूरा होला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। नयाँ कार्यको थालनी हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता पनि ७४ प्रतिशत नै रहेको छ भने यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .