ad ad

समाज


राशिफल ३१ जेठ : कन्याले मन सम्हाल्नु आवश्यक, मीनको प्रेम सफल हुने, तपाईँको के?

राशिफल ३१ जेठ : कन्याले मन सम्हाल्नु आवश्यक, मीनको प्रेम सफल हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ ३१, २०८१ बिहिबार ४:३४, काठमाडौँ

आज बिहीबार, ३१ जेठ २०८१ (१३ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : सफल यात्राको योग छ। मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति एवं आशीर्वाद मिल्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। प्रेम सम्बन्ध बढेर जानेछ। सेयर बजार या पुँजी बजारले साथ दिनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : मनमा शंका तथा काममा दुबिधा उत्पन्न हुन सक्छ। नियमित खर्च बढ्ने योग छ। लगानीमा गिरावट आउन सक्छ। तर साँझमा कार्य सम्पादनमा सहजता मिल्ला। एकोहोरो माया प्रेमले सताउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : प्रेमीको सहयोग प्राप्त हुनेछ। छोटो यात्रा होला। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : श्रमको उचित मूल्याङ्कन हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमणीय र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ, मन सम्हाल्न आवश्यक छ। काममा ढिलासुस्ती हुनेछ तर पनि जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा भने कहीँकतैबाट शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला : आफन्तसँगको सम्बन्ध सुधार भएर जानेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। प्रेम जीवनमा सफलता प्राप्त हुनुका साथै धेरैतिरबाट लाभ मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भेटघाटमा रमाइन्छ। साँझमा भने व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ। व्यवसायमा पनि सफलता पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला। रोकिएको कार्यले पूर्णता पाउनेछ। पुनर्मिलनको विशेष योग छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। तर, व्यर्थैमा झमेला बेहोर्नुपर्ने हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ : इनाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। माया प्रेममा समीपता बढेर जानेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। आयआर्जनको क्षेत्रमा सुधार आउनेछ। परिवारसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : लामो यात्रा सुखद र सफल हुनेछ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। अरूको कुभलो नचिताउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .