ad ad

समाज


वृषको खर्च नियन्त्रण बाहिर जाने, मिथुन हाँसखेलमा रमाउने, तपाईँको के? हेर्नुस् जेठ ३० को राशिफल

वृषको खर्च नियन्त्रण बाहिर जाने, मिथुन हाँसखेलमा रमाउने, तपाईँको के? हेर्नुस् जेठ ३० को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ ३०, २०८१ बुधबार ४:१७, काठमाडौँ

आज बुधबार, ३० जेठ २०८१ (१२ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : पारिवारिक सद्भाव बढ्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागी भइएला। यज्ञ लगायतका धार्मिक कृत्यमा सहभागिताको अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : खर्च नियन्त्रणभन्दा बाहिर हुन सक्छ। सुखदुःख बराबरी खालको दिन छ। सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउला। चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सभा-समारोहमा सरिक हुने सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मानसम्मान पाइन सक्छ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुनेछ। प्रेम सम्बन्ध गाढा भएर जानेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : समय व्यवस्थापन गर्न गाह्रो पर्नेछ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ। झुटा आरोपका कारण समस्या खेप्नुपर्दा असामान्य अवस्था सिर्जना हुन सक्छ। आहार विहारमा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : रमणीय र सुखद यात्रा हुनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। मनमा शान्ति र प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : लगनशीलताले काम अगाडि बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। रमाइलो यात्रा होला। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्थान परिवर्तनको विशेष योग देखिन्छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रेम जीवनमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। चिन्ता पर्ने समाचार सुन्नु पर्नेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। बेला बेलामा चिन्ता, दुबिधा, अशान्ति तथा चञ्चलता आउन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : दैनिक कार्यमा प्रगति हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : शुभकार्यको चर्चा चल्नेछ। राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। नयाँ कार्यको योजना बन्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .