ad ad

समाज


राशिफल २९ जेठ : तुलालाई महिला वर्गबाट विशेष सहयोग मिल्ने, मकरको गोप्य सूचना बाहिरिने, तपाईँको के?

राशिफल २९ जेठ : तुलालाई महिला वर्गबाट विशेष सहयोग मिल्ने, मकरको गोप्य सूचना बाहिरिने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ २९, २०८१ मंगलबार ४:५०, काठमाडौँ

आज मङ्‌गलबार, २९ जेठ २०८१ (११ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। रोकिएका काम पुनः सुरु हुनेछन्।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने।  भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : घरमा अतिथिको आगमन हुनेछ। दाजुभाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। नवीन क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : दिन मध्यम नै रहनेछ। रमणीय यात्राको योग छ तर कष्टकर हुन सक्छ। प्रणय प्रसङ्गका लागि समय सामान्य रहेको छ। अधुरा र रोकिएका काम दोहोर्‍याएर गर्दा सफल भइनेछ। वाणीमा कुशलता आउने दिन परेको छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ।

भाग्यशाली रङ आकासे हो भने र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : नजिकका व्यक्तिसँग वादविवाद भई झमेलामा परिनेछ। यात्रा गर्दा सचेत हुनुपर्नेछ। आर्थिक कारोबारमा पनि विवाद आउला। बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ। कतै घुम्न जाने योजना बन्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। सजिलै अरूको मन जित्न सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। रमाइलो यात्राको योग परेको छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। परोपकारी कार्यमा संलग्न भइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : मनमा चञ्चलता र दुबिधा उत्पन्न हुनेछ। आफ्नो हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। व्यावसायिक क्षेत्रबाट लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सामाजिक सेवा गर्ने अवसर मिल्नेछ भने मानप्रतिष्ठा र पारिवारिक भेटघाटमा रमाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको सुरुआत गर्ने। कसैको कुरामा अन्ध समर्थन नगर्ने।

कुम्भ : वाक्पटुताद्वारा कार्य सफल हुनेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तजनलाई खुसी हुने समाचार दिन सकिन्छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। समाजसेवामा मन लाग्नेछ। इच्छा र उद्देश्य साकार हुनेछन्। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .