ad ad

समाज


राशिफल २४ जेठ : मकरलाई अप्रत्याशित धनागम, मिथुनलाई दुष्टको सङ्गतले झमेला आइपर्ने, तपाईँको भाग्य कस्तो?

राशिफल २४ जेठ : मकरलाई अप्रत्याशित धनागम, मिथुनलाई दुष्टको सङ्गतले झमेला आइपर्ने, तपाईँको भाग्य कस्तो?

पण्डित नारायणप्रसाद दुलाल
जेठ २४, २०८१ बिहिबार ४:४२, काठमाडौँ

आज बिहीबार, २४ जेठ २०८१ (६ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ।  शुभ समाचार सुन्न पाइनेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। सेयर बजारबाट लाभ नै हुनेछ। समग्रमा सकारात्मक दिन रहेको छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठिक समयमा सही निर्णय लिन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : बोलीको विपरीत अर्थ लाग्न सक्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला। यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु पर्छ। आफन्तसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कर्कट : दिन सामान्य नै रहनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कला र गलाको प्रभाव बढ्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : धार्मिक यात्राको योग छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। परिश्रम गर्दा बढी धनार्जन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : तीर्थाटनको योग छ। नयाँ कामको थालनी हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। घर परिवारमा झै-झमेलाको अवस्था आउला। साँझपख सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएका काम पूरा हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : मन्दिर दर्शनका लागि यात्राको सम्भावना छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : लाभहानि, सुखदुःख मध्यम नै रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। व्यर्थको हैरानी खेप्नु पर्नेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मीन : कुनै समाचारले मनमा शान्ति छाउनेछ। घरमा अतिथिको आगमन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .