ad ad

समाज


राशिफल २३ जेठ : मिथुनलाई आत्मीयबाट धोका, वृश्चिकले कार्यक्षेत्रमा प्रभुत्व जमाउने, तपाईँको के?

राशिफल २३ जेठ : मिथुनलाई आत्मीयबाट धोका, वृश्चिकले कार्यक्षेत्रमा प्रभुत्व जमाउने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ २३, २०८१ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, २३ जेठ २०८१ (५ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अरूलाई प्रभावमा पारेर काम बन्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा कलहको योग भएकाले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। मानसम्मान बढ्नेछ। शरीर स्वस्थ नै रहनेछ। वैदेशिक क्षेत्रको महत्त्वपूर्ण काम बन्नेछ। तर, अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : आलस्य तथा थकानको अनुभूति हुनेछ। नजिकका व्यक्तिबाट धोका पाइन सक्छ। कमजोर भएको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने।  दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। तर, प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला : कार्य सम्पादनमा समस्या आउला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेमी/प्रेमिकाले तपाईँको विचारलाई समर्थन गर्नेछन्। कार्यक्षेत्रमा प्रगति हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।  भरिसक्के लामो यात्रा नगर्ने।

धनु : नयाँ कार्यको योजना बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। तर, स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : पुरानो समस्या सुल्झाउन सकिनेछ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सफल यात्रा र उपहार पाइने सम्भावना छ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। मन अस्थिर रहन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो र सेतो रङको प्रयोग नगर्ने।

मीन : नयाँ जिम्मेवारी पाइएला। पार्टी तथा सेमिनारमा सहभागी भइएला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु होला।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .