नागरिकता विवादमा धनुषा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
धनुषा जिल्ला अदालतले तेस्रोपटक थप ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।
यसअघि तीन-तीन दिनकै दरले २ पटक म्याद थपिसकिएको छ।
नागरिकता कसुरमा अनुसन्धान गर्न भन्दै सिरोहियालाई जेठ ८ गते काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगेको थियो।
267
Shares
प्रतिक्रिया