ad ad

समाज


मुद्दाको बहस उत्कर्षमा पुग्दा उच्च अदालतमा सन्दीप

मुद्दाको बहस उत्कर्षमा पुग्दा उच्च अदालतमा सन्दीप

उच्च अदालत परिसरमा सन्दीप लामिछाने (मास्क लगाएका)। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २, २०८१ बुधबार १४:३१, काठमाडौँ

उच्च अदालत पाटनमा जारी क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको बहस अन्तिम चरणमा पुगेको छ। 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबार सुरु सुनुवाइअन्तर्गत अहिले जवाफी बहस भइरहेको छ। 

यो खबर लेखिरहँदा खाजा ब्रेक भएको छ। यसपछि सन्दीप पक्षका अधिवक्ताद्वय सरोजराज घिमिरे र सबिता भण्डारीले जवाफी बहस गर्ने तालिका छ। 

उनीहरूको बहस सकिएपछि आजै फैसला गर्ने तयारी छ। 

आफूले गरेको पुनरावेदनमा फैसला हुने तयारी हुँदै गर्दा सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन्। 

मंगलबारचाहिँ पीडित गौशाला–२६ पनि उच्च अदालत आएकी थिइन्। तर आज उनी आएकी छैनन्। 

बुधबार उच्च अदालत परिसरमा सन्दीप-

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।

उता पीडित पक्षबाट पनि किशोरी नाबालिग नै रहेकाले सोहीबमोजिम अझ बढी जेल सजाय हुनुपर्ने माग गरी पुनरावेदन गरिएको छ।

दुवै पुनरावेदन सँगै राखेर उच्च अदालत पाटनले मुद्दा सुनुवाइ गरिरहेको हो। जसको फैसला आज गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .