ad ad

समाज


वृषले वस्त्र उपहार पाउने, कन्या र मीनको प्रेम सम्बन्ध मधुर बन्ने, अन्यको जान्न हेर्नुस् जेठ २ को राशिफल

वृषले वस्त्र उपहार पाउने, कन्या र मीनको प्रेम सम्बन्ध मधुर बन्ने, अन्यको जान्न हेर्नुस् जेठ २ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ २, २०८१ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, २ जेठ २०८१ (१५ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : महत्त्वपूर्ण अवसर गुम्न सक्छ। काममा चुनौती र झमेला आउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेम जीवन सुखद नै रहनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : अरूलाई प्रभावित पारेर काम बन्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। नयाँ सम्बन्ध जोडिन सक्छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। सेयर बजार र दलाली काममा नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। आँटेको र ताकेको कार्य पूरा होला। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कसै-कसैका लागि सन्तान सुखको योग छ। मनमा उत्साह छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। नियमित खर्च बढ्ने योग छ। मन खिन्न हुने स्थिति आउनेछ। पढाइ-लेखाइमा पनि ध्यान दिन नसकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४५, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कन्या : लाभ-हानि बराबरी खालको समय छ। सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि मधुर छाउने योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग नगर्ने।

तुला : कार्यसिद्धिको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। लगनशीलताले रोकिएका काम अगाडि बढ्नेछन्। आफ्नो मनपर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। धार्मिक कार्य सफल नै रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। दैनिक कार्यमा प्रगति हुनेछ। लाभदायक भेटघाटलाई नकार्न सकिदैन। प्रतिस्पर्धी परास्त होलान्। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। भरिसक्के लामो यात्रा नगरेकै बेस।

धनु : शरीरमा स्फूर्तिको कमी हुनेछ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सौन्दर्यमा धन खर्च हुनेछ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ। तर, मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर : धर्मकर्म तथा सेवामा मन लाग्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

कुम्भ : परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। सेयर बजार र पेसा-व्यवसायका क्षेत्रमा फाइदा हुनेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई हानि हुने काम नगर्ने।

मीन : धार्मिक र सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। रोकिएका काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .