इलामको माई नगरपालिका २ दिपुडाँडामा एक महिलाको हत्या भएको छ।
आइतबार राति करिब ११ बजे आमा ३१ वर्षीया नेत्र माया खवासको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनको हत्या गरेको आरोपमा सौतेनी छोरा पक्राउ परेका छन्।
राति ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षीय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमाको हत्या गरेको प्रहरीको दाबी छ।
धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पूर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेत गम्भीर चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी चौकी दानबारीबाट खटिएको टोलीले हत्यामा संलग्न रहेको आरोपमा दियालीलाई धारीलो हतियारसहित पक्राउ गरेको छ।
1.4k
Shares
प्रतिक्रिया