गत फेब्रुअरी २४ मा पोल्यान्डमा छुरा प्रहारबाट मृत्यु भएका राजेश दाहालको परिवारलाई गैरआवासीय नेपालीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
एनआरएन पोल्यान्डको पहलमा यहाँ रहेको नेपाली समुदायले मृतक राजेशको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोग जुटाएका हुन्।
अभियानबाट संकलन भएको १७ लाख नेपाली रूपैयाँ राजेशका बुवा तेजबहादुर खत्रीको लाजिम्पाटस्थित माछापुच्छ्रे बैंकको खातामा पठाइएको एनआरएनए पोल्यान्डका महासचिव पवन खड्काले जानकारी दिए।
सन् २०२३ जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्यान्ड आएका साकेला -१, खोटाङका २९ वर्षीय राजेश दाहालको आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट घटनास्थलमै मृत्यु भएको थियो। उनको शव मार्च १७ मा नेपाल पुगेर दाहसंस्कार भइसकेको छ।
पोल्यान्डमा नेपाली युवकको छुरा प्रहार गरी हत्या
225
Shares
प्रतिक्रिया