आज सोमबार, १० वैशाख २०८१ (२२ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। बोलीले अरूलाई प्रभावित गर्न सकिनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ४६, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सद्विचारले प्रेरित भएर अघि बढ्दा बिघ्नबाधा हटेर जानेछन्। झुट चाहिँ नबोल्नु होला।
वृष : नयाँ काम र करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता र लाभ मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।
मिथुन : प्रयत्न निष्फल जस्तै होला। व्यापार-व्यवसायमा बाधा आउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। धेरै प्रयत्न गरे मात्र गरेको कामबाट फाइदा लिन सकिनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्त होला। उत्तर दिशाको यात्रा फलदायी छैन।
कर्कट : जिम्मेवारी बढ्न सक्ने समय आएको छ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५६, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग नगरेकै बेस।
सिंह : घुमफिर र भ्रमणमा दिन बित्नेछ। धार्मिक तथा लाभदायक यात्रा हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मुद्दामामिलामा विजयी भइनेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ४३, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मान्यजनको आशीर्वाद लिने। अरूको भर नपर्ने।
कन्या : युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला। सामाजिक र राजनीतिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।
तुला : मनमा निराशा र शरीरमा आलस्य छाउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। जनताको गतिलो समर्थन मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४५, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरेमा अध्ययन-अध्यापन रुचि बढ्नेछ। सजिलै अरूको विश्वास नगर्नु होला।
वृश्चिक : नयाँ कार्यको योजना बन्नेछ। सेयर बजारको लगानीले राम्रै फाइदा देला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् पशुपतिनाथलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ। झै-झमेला र वादविवादतिर नलाग्नु होला।
धनु : सामाजिक कार्य अघि बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पारिवारिक समस्या आइपर्ला। व्यवसायका लागि यात्राको सम्भावना छ।
भाग्यशाली रङ पिंक र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६३, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरी कामको सुरुआत गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।
मकर : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ। मित्रबाट विशेष सहयोग मिल्ला। नजिकको मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
कुम्भ : दिन सामान्य नै रहने छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ। भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।
मीन : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धार्मिक तथा सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयर बजारबाट राम्रै लाभ हुन सक्छ। शुभ समाचार सुन्न पाइएला। वैदेशिक कामकाज भने कमजोर रहला।
भाग्यशाली रङ निलो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ४१, व्यापारमा ६०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सबेरै उठेर भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। अरूलाई दु:ख दिने काम नगर्नु होला, यसले आफैँलाई हानि गर्नेछ।
Shares
प्रतिक्रिया