आज शुक्रबार, ७ वैशाख २०८१ (१९ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : सजिलै अरूको विश्वास जित्न गाह्रो पर्ला। यद्यपि कुनै कुराले मनमा शान्ति छाउनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आफन्तको प्रगतिमा मन रमाउला।
भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।
वृष : समय प्रतिकुल भई कुलतमा मन जान सक्छ। समय व्यवस्थापन गर्न गारो पर्नेछ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, वैदेशिक कार्यमा पनि ४६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग नगरेकै बेस।
मिथुन : शुभ कार्यमा मन जानेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कर्कट : विश्वास गरेकाले साथ दिनेछन्। सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। रमाइलो यात्राको योग छ। महिला वर्गलाई प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।
सिंह : परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।
भाग्यशाली रङ कालो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्दा चिताएको पुग्ला। यात्रा खासै फलदायी छैन। तसर्थ, भरिसक्के लामो यात्रा नगरेकै बेस।
कन्या : लेनदेनमा सजगता अपनाउनु पर्नेछ। बेला बेलामा मनमा चिन्ता, दुबिधा, अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन। साँझमा भने राम्रो समाचार सुन्नमा पाइनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरेमा अध्ययन-अध्यापनमा प्रगति हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।
तुला : मिष्ठान्न भोजन प्राप्ति होला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागी भइएला। धार्मिक कृत्यमा सहभागिताको अवसर मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुटचाहिँ नबोल्नु होला, बोलेमा हात लागिसकेको उपलब्धि पनि गुम्नेछ।
वृश्चिक : मान प्रतिष्ठामा वृद्धि हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
धनु : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दैनिक कार्यमा प्रगति हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शङ्करजीको दर्शन गरेर कामको शुभारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।
मकर : सुखदुःख बराबरी खालको दिन छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। खर्च नियन्त्रणभन्दा बाहिर हुन सक्छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।
कुम्भ : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ। व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। तर, स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिएमा मनमा शान्ति मिल्नेछ। खैरो रङको प्रयोग अनुकूल छैन।
मीन : न्यायिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ।
भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। तामसिक भोजन नगर्ने।
Shares
प्रतिक्रिया