ad ad

समाज


चैत २९ राशिफल: मेषको पुरानो धन फिर्ता हुने, वृश्चिकलाई यात्राको योग, तपाईंको?

चैत २९ राशिफल: मेषको पुरानो धन फिर्ता हुने, वृश्चिकलाई यात्राको योग, तपाईंको?

पण्डित नारायणप्रसाद दुलाल
चैत २९, २०८० बिहिबार ४:४८, काठमाडौँ

आज बिहिबार, २८९ चैत २०८० ११ अप्रिल २०२४)। हेर्नुस् राशिफल-

मेष : ज्ञान र अध्यात्मको भावना बढ्नेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्।  धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापार ५२, सेयरबजारमा ७३, वैदेशिक कार्यमा ७४ र शिक्षा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

वृष  : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ। अतः स्वस्थ प्रति सचेत रहनु होला। स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ तर साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५०,सेयरबजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य ४१, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।छल कपट नगर्ने।

मिथुन : महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। लाभहानी, सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। आयव्यय, सुखदुख बराबरी खालकै समय रहनेछ।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ६४ र शिक्षा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८७, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट : सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। धर्म र कर्ममा मन लाग्नेछ। आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ।  
भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयरबजारमा ७३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : रोकिए काम दोहोर्याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ। प्रेम जीवन सुखद् नै रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, सुरू गरेका काम सम्पन्न हुनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६१, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षा ८३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। झुट नबोल्ने।

कन्या : यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक धन खर्च पनि हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेकको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। अखाद्य वस्तुको सेवन नगर्ने।

तुला : मनोरञ्जनपूर्ण समय रहेको छ।  साथीभाइसँग भेटघाट र रमाइलो गरिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६९, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५२ र शिक्षा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको  योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। गोपनीय ढङ्गले गरीएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शेयर बजारमा पनि रुचि बढ्नेछ।  
भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६०, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क  ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयरबजारमा ७२, वैदेशिक कार्य ५९ र शिक्षा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योवग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले भैरवजीको दर्शन गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ। निर्णय कार्यान्वयन हुन नसक्ला। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ, साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, सेयरबजारमा ३८, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आवेगमा लगानी नगर्ने।

कुम्भ : समय मध्यम खालको रहनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।  

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७,व्यापारमा ६१, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

भाग्यशाली रङ गुलाबी अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७,व्यापार ६५,सेयरबजार ७२, वैदेशिक कार्य ५२ र शिक्षा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .