ad ad

समाज


सवारी दर्ता किताब किर्ते गरेको आरोपमा एकजना पक्राउ

सवारी दर्ता किताब किर्ते गरेको आरोपमा एकजना पक्राउ

नेपालखबर
चैत २१, २०८० बुधबार १९:२२, काठमाडौँ

सवारी दर्ता किताब लगायतका कागजातहरू तयार गरी लिखित किर्ते गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका घर भइ भक्तपुरको बालकोट बस्ने ३७ वर्षीय मनोज कुमार बराईली सुनार रहेका छन्।

गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २० गते उनलाई काठमाडौं महानगरपालिका– १६ कोईराला मार्टबाट पक्राउ गरेको हो।

बराईलीलाई किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .