ad ad

समाज


आज तपाईंको केमा कति भाग्याङ्‌क? हेर्नुस् चैत २२ को राशिफल

आज तपाईंको केमा कति भाग्याङ्‌क? हेर्नुस् चैत २२ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
चैत २२, २०८० बिहिबार ४:१४, काठमाडौँ

आज बिहीबार, २२ चैत २०८० (४ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : बन्धु बान्धवबाट सहयोग मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सेयर बजारबाट राम्रै सफलता पाइनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ सचेत रहनु होला।

भाग्यशाली रङ आकाशे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ७१, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कामको सुरुआत गर्नुअघि लक्ष्मीजीलाई स्मरण गरेमा आर्थिक उल्झनबाट छुटकारा मिल्ला। कालो रङको प्रयोग भरसक नगरेकै राम्रो।

वृष : ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। कतैबाट शुभ समाचार सुन्न पाइनेछ। साँझमा भने नजिकका व्यक्तिसँग झगडा पर्न सक्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सबेरै भैरवजीको दर्शन गरेमा दिनभर ऊर्जा मिल्नेछ। छलकपटतिर लाग्नु हितकर छैन।

मिथुन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। परिवारमा झै-झमेलाको अवस्था आउला। साँझमा अरूलाई प्रभावित पारेर काम बन्नेछ। तपाईंको मेहनतको प्रशंसा हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४१, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७३ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कामको सुरुआत गरेमा कार्य सम्पादन सोचेअनुरुप हुनेछ। लगानीको अवसर आउन सक्छ तर आवेगमा लगानी भने नगर्नु होला।

कर्कट : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। शुभ समाचार सुन्न पाइएला। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। प्रेमी/प्रेमिकाको एक-अर्कालाई सहयोग रहनेछ। कसै कसैलाई सन्तान सुख मिल्ला।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी सफलता मिल्नेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

सिंह : व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेम सम्बन्ध र प्रणयप्र सङ्गका लागि समय श्रेष्ठ छ। कुनै कुराले मनमा शान्ति छाउला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग उपयुक्त छैन।

कन्या : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। मित्रहरूको सहयोगले मन खुसी रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने छ। धार्मिक यात्राको योग पनि छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज केही काम गर्नुपूर्व वृक्षारोपण गरेमा प्रतिफल सोचेअनुरुप प्राप्त होला। हरियो रङको प्रयोग फाप्ने देखिएन।

तुला : आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर भने मिल्नेछ। अत: लाभ-हानि, सुख-दुःख बराबरी खालको दिन रहनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४१, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कामको सुरुआत गरेमा अप्ठेरो काम पनि सहजै सम्पादन हुनेछ। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : लामो समयदेखि प्रतीक्षा गरिएको काम पुरा हुनेछ। जीवनसाथीसँग राम्रो आहारविहारका साथै रमाइलोसँग दिन बिताउनु हुनेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। यात्राको योग पनि देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला।

धनु : सेवामूलक कामबाट सुख र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। आकस्मिक धनलाभ हुनेछ तर अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्नु फलदायी हुनेछ। यात्राको अवसर आउन सक्छ तर भरिसक्के लामो यात्रा नगरेकै राम्रो हुन्छ।

मकर : समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धनमाल हात लाग्न सक्नेछ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग उचित छैन।

कुम्भ : घर परिवारमा झै-झमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। बोलीमा विपरीत अर्थ लाग्दा बन्न लागेको काम बिग्रन सक्छ तर ठूलाबडाको आशीर्वादले भने काम बन्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४४ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह अनुसार अघि बढ्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

मीन : नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .