ad ad

समाज


कर्कटले प्रेमीको विचारलाई कदर गर्नु उचित हुने, हेर्नुहोस् १८ चैतको राशिफल

कर्कटले प्रेमीको विचारलाई कदर गर्नु उचित हुने, हेर्नुहोस् १८ चैतको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
चैत १८, २०८० आइतबार ४:४७, काठमाडौँ

आज आइतबार, १८ चैत २०८० (३१ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ सेतो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२ व्यापारमा ६०, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो हुनेहरूले आज भैरवजीको दर्शन गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमणीय र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागिता भइएला। सेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ।  

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयरबजारमा ७७, वैदेशिक कार्य ५९ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो हुनेहरूले  हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङ्गको प्रयोग नगर्ने।

मिथुन : आँटेको कार्य पूरा हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। लाभदायक यात्रा पनि रहला।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, सेयरबजारमा ७१, वैदेशिक कार्य ५० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। तामसीक भोजन नगर्ने।

कर्कट : प्यारो साथीसँग मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ, साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४४, सेयरबजारमा ३५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

सिंह : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक कार्यक्षेत्रमा तपाईँको आलोचना गर्नेहरू सक्रिय हुनेछन्। प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारको योग ६२, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : साथीभाइको विशेष सहयोग मिल्नसक्छ। चिताएको कामले तीव्रता लिनेछ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ। पेसा व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयरबजारमा ७६, वैदेशिक कार्य ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलतामा ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। अखाद्य वस्तुको सेवन नगर्ने।

तुला : लाभदायक र सुखद् यात्रा हुने योग छ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८८, व्यापारमा ६८, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६३ प्रतिशत सपलता मिल्नेछ।

यसैगरी यो राशि हुनेहरूको स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। तुला राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।  

वृश्चिक : कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयरबजारमा ७७,वैदेशिक कार्यमा ६१ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। खरानी रङको प्रयोग नगर्ने।

धनु : भाग्यले साथ दिनेछ । स्वादिष्ट भोजन पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ । आफन्त, प्रेमी वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, सेयरबजारमा ३१, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : चलाखीपूर्ण बोलीले काम बन्नसक्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। शत्रु पनि क्षय होलान्।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छल कपट नगर्ने।  

कुम्भ : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसाय बढ्नेछन्। प्रेम जीवन सबल र सफल रहनेछ।   

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयरबजारमा ७० र वैदेशिक कार्यमा ५६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरेर कार्य प्रारम्भ गर्ने।आवेगमा लगानी नगर्ने।

मीन : लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। स्वास्थ्य प्रति सजगता अपनाउनु होला। विचार गरेर निर्णय लिनु उचित हुनेछ, साँझमा भने रमाइलो यात्राको योग रहेको छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .