ad ad

समाज


कोरोनाभाइरस संक्रमितको संख्या घट्दो

कोरोनाभाइरस संक्रमितको संख्या घट्दो

नेपालखबर
फागुन ४, २०७६ आइतबार ६:१५,

तीन दिनयता कोरोनाबाट संक्रमितको संख्या घट्न थालेको चीन सरकारले बताएको बीबीसीले जनाएको छ।

चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोना हाल विश्वका २६ भन्दा बढी देशमा देखिएका छन्।

शनिबारदेखि आइतबारसम्म २ हजार ९ को संख्याले कोरोना संक्रमितको संख्या बढेको जुन पहिलेको भन्दै निकै कम भएको बताइएको छ। एक दिनको अन्तरालमा मृतकको संख्या भने १ सय ४२ ले बढेको छ।

यससँगै चीनमा मात्र ६८ हजारभन्दा कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ मृतकको संख्या १६ सय ६५ पुगेको छ।

चीनबाहिर झन्डै ३० देशमा कोरोना फैलिएको छ। जहाँ ५ सयभन्दा बढी संक्रमित छन्। चीनबाहिर फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाको ज्यान गएको छ।

Image result for wang yi

वाङ यी

चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोनाको संक्रमण घट्न थालेको बताउँदै अब यस प्रकोप नियन्त्रण गर्न सकिने बताएका छन्।

उनले भने,‘कोरोनाको प्रकोप नियन्त्रणको अवस्थामा पुगेको छ। हामीले यसलाई पूर्ण रोकथाम र नियन्त्रण गर्न सक्दो प्रयास गरेका छौं। मैले हाम्रो जस्तो व्यापक प्रयास गर्ने अन्य देश देखेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .