ad ad

समाज


राशिफल १७ चैत : प्रेममा मिथुनको भाग्य दह्रो, कसलाई कति अङ्क?

राशिफल १७ चैत : प्रेममा मिथुनको भाग्य दह्रो, कसलाई कति अङ्क?

पण्डित नारायणप्रसाद दुलाल
चैत १७, २०८० शनिबार ५:९, काठमाडौँ

आज शनिबार, १७ चैत २०८० (३० मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : घर व्यवहारमा झमेला आउन सक्छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। साँझमा रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। वैदेशिक कार्य राम्रो हुनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७८, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन कामको सुरुआत गर्नुपूर्व वृक्षारोपण गर्दा भविष्यमा राम्रो प्रतिफल पाइनेछ। खरानी रङको प्रयोग फाप्दैन।

वृष : नयाँ कार्यको थालनी होला। पुराना साथीभाइसित भेटघाट हुनेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। स-साना यात्राबाट फल प्राप्ति हुनेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा बाधा-अप्ठेरा हटेर जानेछन्। अखाद्य वस्तुको सेवन नगर्नु होला।

मिथुन : लाभ-हानि, आय-व्यय, सुख-दु:ख बराबरी खालको दिन छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। मित्रसँग रमाइलो भेटघाट होला।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा आर्थिक संकटमा रुमलिनु नपर्ला। तामसिक भोजन नगर्नु होला।

कर्कट : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। चिताएको कामले तीव्रता लिनेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर नवीन कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला, लागेमा सोचेको भन्दा उल्टो नतिजा हात पर्नेछ।

सिंह : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। अनावश्यक यात्रा तथा झमेलामा परिएला। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। साँझको समय सुखद भेटघाटमा बित्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

कन्या : दिदीबहिनीबाट सहायता मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै नवग्रहलाई स्मरण गरेमा दिनभर ताजगी महसुस हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग उचित देखिँदैन।

तुला : कुनै समाचारले मनमा शान्ति छाउला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमी/प्रेमिकाबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। लगानीका अवसर आउनेछन् तर आवेगमा लगानी गर्दा अप्ठेरो ठाउँमा रकम फस्ने सम्भावना छ।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

धनु : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शैक्षिक पक्ष कमजोर हुनेछ। सन्तान तथा पारिवारिक मेलमिलाप भने राम्रै हुनेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४७, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर कामको सुरुआत गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर : आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, वैदेशिक कार्यमा ५० र शिक्षामा ८७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी सफलता मिल्नेछ। दक्षिण दिशाको यात्रा अनुकूल छैन।

कुम्भ : सुखसुविधा भोग गर्न पाइनेछ। भेटघाट र मनोरञ्जनमा सहभागी भइएला। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। शुभ कार्यमा मन जानेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाहमा अघि बढेमा अप्ठेरो परिस्थितिबाट सहजै पार पाइनेछ। झुट चाहिँ नबोल्नु होला, बोलेमा झन् अप्ठेरोमा परिनेछ।

मीन : मित्रबाट सहयोग मिल्नेछ। लुकेको प्रतिभाको सहज विकास हुनेछ। सुखसुविधा भोग गर्न पाइनेछ। प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आत्मिक सन्तुष्टि मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्यको प्रारम्भ गर्नुअघि वृक्षारोपण गर्दा बढी सफलता मिल्नेछ। यात्राको सम्भावना छ तर भरिसक्के लामो यात्रा नगरेकै बेस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .