होली पर्वका दिन (सोमबार) बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव भेटिएको छ।
शाहीको शव टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा बिहीबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्रसिंह कार्कीले नेपालखबरलाई बताए।
उनका अनुसार शव भेटिएको स्थानमा मुचुल्का उठाउने काम भइरहेको छ। शव भेटिएपछि उनका आफन्तलाई खबर गरेर झिकाइएको कार्कीले बताए।
होली मनाउने क्रममा अन्य साथीहरूसँगै कर्णालीमा हामफालेपछि कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएपछि खोजी तीव्र बनाइएको थियो।
शाहीको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो। कर्णालीमा हामफालेलगत्तै डुबेका शाहीको तत्कालै उद्धार हुन नसक्दा डुब्न पुगेका थिए।
सम्बन्धित समाचार
- पानी जहाजमा ‘लाइफ गार्ड’को काम गर्थे लोकेन्द्र, लहलहैमा लाग्दा कर्णालीमा बिलाए
- प्रहरीलाई पनि नटेरेर कर्णाली पुलमा गएका १७ युवक जब एकपछि अर्को गर्दै हाम फाल्न थाले...
- कर्णाली पुलबाट हाम फालेका युवक अझै भेटिएनन्
- होली मनाइरहेका १७ युवकले पालैपालो कर्णाली पुलबाट हामफाले, एकजना बेपत्ता
- कर्णाली पुलबाट हामफालेका युवकको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
- कर्णालीमा हाम फाल्ने १६ जना खोज्दै प्रहरी, ६ जनासँग सोधपुछ
Shares
प्रतिक्रिया