मेष : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागिता भइएला। साथीभाइसँग समय बित्नेछ। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
भाग्यशाली रङ्ग गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५१ र वैदेशिक कार्यमा ७७ प्रतिशत सम्भावना छ। त्यस्तै शिक्षामा सफल हुने ७०, स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुन् छ भने अखाद्य वस्तुको सेवन नगर्नु नै उत्तम हुनेछ।
वृष : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ८६ प्रतिशत सफलता मिल्नेछ।
त्यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत छ। आज वृक्षारोपण गर्दा राम्रो हुनेछ भने झुट नबोल्दा उत्तम होला।
मिथुन : लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ
त्यस्तै प्रेम र सम्बन्धमा ५०, व्यापारमा ५९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।
कर्कट : रमणीय र सुखद यात्राको योग छ। अधुरा काम पूरा हुनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ७८, वैदेशिक कार्यमा ८० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। छलकपट नगर्ने।
सिंह : नजिकको मित्रसँग भेटघाट हुनेछ। अधुरा या नयाँ कार्यको थालनी हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग नगर्नु होला।
कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आर्थिक समस्याले तनावको सिर्जना हुन सक्छ। चोटपटकको भय छ अतः सचेत रहनु राम्रो होला।
भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फ नजानु बेस हुनेछ।
तुला : नयाँ कार्यको योजना बन्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्।
भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृश्चिक : शुभ समाचार सुन्न पाइएला। सहयोगी हातहरू अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। सुखद यात्राका अवसर प्राप्त हुनेछन्।
भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ४०, वैदेशिक कार्यमा ४७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्ने। आवेगमा लगानी नगर्ने।
धनु : समग्रमा सकारात्मक दिन रहेको छ। मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोस, जाँगर बढ्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राको योग रहेको छ।
भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ८०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा गुलाबी रङको प्रयोग नगर्ने।
मकर : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ। घरपरिवारमा झै-झमेलाको अवस्था आउला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई लाभ हुनेछ।
भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कुम्भ : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।
भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा १६, व्यापारमा ७६, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
मीन : सांस्कृतिक कार्यमा सरिक भइनेछ। नयाँ व्यक्तिसँग भेटघाट होला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मान्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares
प्रतिक्रिया