आज शुक्रबार, ९ चैत २०८० (२२ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : रमणीय र सुखद यात्राको योग छ। परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहार विहारप्रति भने सजग रहनु पर्छ। सहकर्मीबाट विरोध आउला।
भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा उपयुक्त हुनेछ। दक्षिण दिशाको यात्रा नगर्नु होला।
वृष : आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। साँझमा भने प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ पर्पल हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४२, वैदेशिक कार्यमा ६१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। भरिसक्के लामो यात्रा नगर्नु होला।
मिथुन : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।
कर्कट : रोकिएका काम पुनः सुरु हुन सक्छन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ८६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्य प्रारम्भ गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।
सिंह : रमाइलो यात्राको योग रहेको छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।
कन्या : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ। साँझमा भने सफल यात्राको योग रहनेछ।
भाग्यशाली रङ निलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा बढी सफलता मिल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।
तुला : बोलीको प्रभावले स्वरोजगार भइनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। प्रेमी-प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।
वृश्चिक : रोकिएका र चिताएका काम पुन: प्रारम्भ भई तीव्रता लिनेछन्। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।
भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।
धनु : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। वाणीमा कुशलता आउने दिन परेको छ। आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्नेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।
भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग उपयुक्त छैन।
मकर : कार्य सम्पादनमा समस्या आउला। नियमित खर्चसमेत बढ्ने योग छ। गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ४०, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। लगानीको अवसर आउन सक्छ तर आवेगमा लगानी नगर्नु होला।
कुम्भ : रोकिएका अधुरा काम पुन: प्रारम्भ हुनेछन्। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। सामाजिक र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।
मीन : सफल भ्रमणको योग छ। धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक तथा दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।
Shares
प्रतिक्रिया