ad ad

समाज


राशिफल ७ चैत : तुलालाई रोजगारीको अवसर, मकर परीक्षामा पास, वृश्चिकलाई भूमि प्राप्तिको योग

राशिफल ७ चैत : तुलालाई रोजगारीको अवसर, मकर परीक्षामा पास, वृश्चिकलाई भूमि प्राप्तिको योग

पण्डित नारायणप्रसाद दुलाल
चैत ७, २०८० बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, ७ चैत २०८० (२० मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला। साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५२, व्यापारमा ४८, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६० र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग नगर्नु होला।

वृष : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। घरायसी कार्य अगाडि बढ्नेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

मिथुन : महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। दैनिक काम अगाडि बढ्नेछन्। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। लगानी अवसर आउन सक्छन् तर आवेगमा लगानी भने नगर्नु होला।

कर्कट : मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। पारिवारिक सद्‌भाव बढ्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७९, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग उपयुक्त छैन।

सिंह : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मनमा दुबिधा उत्पन्न होला। सानातिना समस्यामा अल्झनुपर्नेछ। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ, सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५८, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्दा फाइदा हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

कन्या : ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ गुलाबी वा सेतो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। हरियो रङको प्रयोग खासै फाप्ने देखिँदैन।

तुला : रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७१, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७० र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ८५ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६७, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ८० र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

धनु : समस्या समाधानका लागि चालिएको कदम निरर्थक हुन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ। साँझमा भने धनलाभ हुनसक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ४६, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७० र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

मकर : नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। सेयर बजारमा लगानीको अवसर जुट्नेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ गुलाबी हो भने भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी-प्रेमिकाको सल्लाह मानेर अघि बढ्दा अधिक फाइदा मिल्नेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। अतिथिका रूपमा सम्मान पाइनेछ। मनोरञ्जक कार्यक्रममा सहभागी भइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नयाँ सफलता मिल्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ७३, व्यापारमा ७७, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नयाँ काम सुरुआत गर्नुपूर्व वृक्षारोपण गर्नु राम्रो हुनेछ। यात्राको अवसर आउनेछन् तर भरिसक्के लामो यात्रा नगर्नु होला।

मीन : विश्वासपात्रले काममा साथ दिनेछन्। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा बढी फाइदा हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .