ad ad

समाज


तपाईँलाई केमा कति सफलता? यस्तो छ चैत १ को राशिफल

तपाईँलाई केमा कति सफलता? यस्तो छ चैत १ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
चैत १, २०८० बिहिबार ५:३, काठमाडौँ

आज बिहीबार, १ चैत फागुन २०८० (१४ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आकस्मिक धनलाभ हुनेछ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछन्।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७७, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर कामको सुरुआत गर्दा बढी सफलता मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

वृष : कार्य सम्पादनमा सहजता नमिल्ला। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा भने आफन्तले सहयोग गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३३, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ६० र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले अप्ठेरो काम पनि सहजै सम्पादन होला। यात्रा फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

मिथुन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। रमणीय र सुखद यात्राको योग छ। अति प्रिय व्यक्तिको यादले सताउन सक्छ। प्रेमका कोपिला फक्रिएर जानेछन्। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्न सक्छन्, सजग रहनु होला।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८७, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७० र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। पूर्व दिशाको यात्रा फलदायी छैन।

कर्कट : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कृषि कार्यमा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ खरानी र भाग्यशाली अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७९, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला।

सिंह : भाग्योदय हुने योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ हरियो हो भने भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७१ व्यापारमा ६०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ८० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग पनि ५८ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

कन्या : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। घर परिवारमा झै-झमेलाको अवस्था आउला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।

भाग्यशाली रङ पर्पल र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५०, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा उदास मन शान्त होला। छलकपटतिर नलाग्नु होला।

तुला : छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ। वैदेशिक काम बन्नेछन्। अधुरो काम बन्न सक्छ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४० र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाँदा साइत पर्नेछ। छलकपट चाहिँ नगर्नु होला।

वृश्चिक : रोकिएका काम पुनः सुरु हुन सक्छन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनीतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन अध्यापनमा प्रगति हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

धनु : रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। इस्टमित्रसँग मेलमिलाप हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। प्रेममा सफलता पाइनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नयाँ कामको सुरुआत गर्दा वृक्षारोपण गरेमा अधिक फल मिल्नेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

मकर : अनावश्यक काममा सहभागिता जनाइनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कडा मिहिनेतले गरिएको कामबाट लाभ हुने सम्भावना छ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मठ मन्दिरको दर्शन गर्नु राम्रो हुनेछ। अरूलाई दु:ख दिने काम नगर्नु होला।

कुम्भ : घरमा अतिथिको आगमन हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६५, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा पुण्य प्राप्ति होला। कालो रङ्गको प्रयोग उपयुक्त छैन।

मीन : धनार्जनका नयाँ योजना पत्ता लाग्नेछन्। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। रोमाञ्चक यात्रा होला।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७६, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पितृ खुसी हुनेछन्। खैरो रङ्गको प्रयोग फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .