सुदूरपश्चिम प्रदेशलाई नेपालको बाँकी भूभागसँग जोड्ने कैलाली र बर्दियाको सीमा चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रक जलेको छ।
लाइटर बोकेको उक्ट ट्रकमा आगलागी हुँदा पुलमा पनि क्षति हुने अवस्था आएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पश्चिमतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बर ट्रकमा आगलागी भएको हो।
ट्रकमा एक्कासि आगलागी हुँदा उक्त ट्रकबाट आगो पुलमासमेत सल्किएको छ।
अहिले कैलालीको लम्कीचुहा नगरपालिकाको दमकलले आगो निभाउने प्रयास भइरहेको छ।
222
Shares
प्रतिक्रिया