ad ad

समाज


आज फागुन २९: तपाईंको भाग्यशाली अङ्क र रङ्ग कुन हो? हेर्नुस् राशिफल

आज फागुन २९: तपाईंको भाग्यशाली अङ्क र रङ्ग  कुन हो? हेर्नुस् राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन २९, २०८० मंगलबार ४:५७, काठमाडौँ

आज मंगलबार, २९ फागुन २०८० (१२ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ५ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ। झुट नबोल्नु होला।

वृष : आँटे-ताकेको कार्य पूरा होला। रमाइलो यात्रा हुने तथा मानसम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ तर स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्छ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। नयाँ कार्यको योजना बन्नेछ। सेयरको कारोबारमा फाइदा हुन सक्छ। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७० र शिक्षामा ८८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाएमा अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्। छलकपट चाहिँ नगर्नु होला, यतातिर लागेमा बनिसकेको काम पनि बिग्रनेछ।

कर्कट : जोस, जाँगर र हिम्मत बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। स्वादिष्ट भोजन पाइनेछ तर स्वास्थ्यप्रति खर्च बढ्न सक्छ। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ४७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती खुसी हुनेछिन्। खैरो रङ्गको प्रयोग उपयुक्त छैन।

सिंह : गरेका काममा ढिलासुस्ती हुनेछ। पुरानो रोगले दुस्ख दिन सक्छ। झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। मन्दिरको दर्शनले मन शान्त रहला। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गरेर कामको सुरुआत गर्दा अधिक सफलता मिल्नेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

कन्या : कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला। नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मठ(मन्दिरको दर्शन गर्नु राम्रो हुनेछ। अरूलाई दुस्ख दिने काम चाहिँ नगर्नु होला।

तुला : चिताएको कामले तीव्रता लिनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। खेल र मनोरञ्जनमा सहभागी भइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्च बढ्ने योग छ सचेत रहनु होला।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा पुण्य प्राप्ति होला। कालो रङ्गको प्रयोग फलदायी छैन।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७६, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पितृ खुसी हुनेछन्। सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला।

धनु : मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको भने साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो हो भने भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ६७, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर काम गर्दा बढी सफल भइनेछ। खुट्टा तान्नेहरू सक्रिय हुने हुँदा सजिलै अरूको विश्वास चाहिँ नगर्नु होला।

मकर : पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ। नयाँ कमको योजना बन्ने देखिन्छ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनु राम्रो हुनेछ। यात्रा खासै फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

कुम्भ : भाग्यले विभिन्न अवसर जुराउनेछ। मित्रसँग भेटघाट हुनेछ र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धनार्जनका नयाँ स्रोतमा विचार बढ्नेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ८१, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा फलदायी देखिँदैन।

मीन : चिताएको कामले तीव्रता लिनेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ। आँटेको र ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रोकिएको वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ्ग खरानी र भाग्यशाली अङ्क ८ रहेको छ भने प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ४६ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .