ad ad

समाज


राशिफल फागुन २६ : मिथुनको सर्वाधिक भाग्याङ्क, सिंहलाई घरजग्गामा लाभ

राशिफल फागुन २६ : मिथुनको सर्वाधिक भाग्याङ्क, सिंहलाई घरजग्गामा लाभ

पण्डित नारायणप्रसाद दुलाल
फागुन २६, २०८० शनिबार ५:२४, काठमाडौँ

आज शनिबार, २६ फागुन २०८० (९ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन्। प्रेमी-प्रेमिकाको सहयोग प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शुभ र नयाँ कार्यको योजना बन्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६७, वैदेशिक कार्यमा ७० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला।

वृष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। वरपरका इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५४, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

मिथुन : घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ र मङ्गल कार्यको योजना बन्नेछ। धार्मिक कार्यमा सरिक भइनेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग फलदायी छैन।

कर्कट : कलहको योग भएकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ अतः बढी सजग रहनु उचित हुने देखिन्छ। अपजस मिल्न सक्छ। मन्दिरको दर्शन भने अवश्य हुनेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ४ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ४१, व्यापारमा ५०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

सिंह : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको समय छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।

भाग्यशाली रङ्ग आकाशे हो भने भाग्यशाली अङ्क ५ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७७, वैदेशिक कार्यमा ८० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्नु होला।

कन्या : मन्दिरको दर्शन हुनेछ। मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका काम अपुरै रहने छन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग फलदायी छैन।

तुला : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। राज्यबाट सहयोग पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा सफलताको दर बढ्नेछ। खैरो रङ्गको प्रयोग उपयुक्त छैन।

वृश्चिक : बन्न लागेको काम बिग्रनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। सामान हराउने वा चोरी हुने भय छ। पढाइ-लेखाइमा बाधा तथा उल्झन आउला।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ भने प्रेम र सम्बन्धमा ६६, व्यापारमा ५२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो बोल्दा फसिने डर छ।

धनु : सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। प्रणयप्र सङ्गका लागि पनि समय श्रेष्ठ छ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५२, वैदेशिक कार्यमा ५० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा त्यति फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

मकर : नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। सोचेको कामले पूर्णता पाउँदा मन सन्तुष्ट रहला। पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

कुम्भ : प्रतिष्ठा कमाउने बेला छ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। धर्म, कर्म तथा प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ्ग सिम्रिक र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ५२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

मीन : सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन। सुखदुःख बराबरी खालको दिन रहनेछ। साँझमा लाभदायक र धार्मिक यात्रा हुनसक्छ।

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्ग फलदायी देखिँदैन भरसक प्रयोग नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .