ad ad

समाज


आज कुम्भ राशिलाई राम्रो फल- सेयरमा उच्च अंक, सम्पूर्ण भाग्याङ्कमा पनि अगाडि : हेर्नुस् फागुन ९ को राशिफल

आज कुम्भ राशिलाई राम्रो फल- सेयरमा उच्च अंक, सम्पूर्ण भाग्याङ्कमा पनि अगाडि : हेर्नुस् फागुन ९ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ९, २०८० बुधबार ५:३, काठमाडौँ

आज बुधबार, ९ फागुन २०८०। अंग्रेजी तिथिअनुसार २१ फेब्रुअरी २०२४। हेर्नुहोस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्ने र दाम्पत्य सुख मिल्नेछ। बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी हुनेछ। साँझमा भने कलहको योग छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

मेष राशिको आज भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा राम्रो हुनेछ। खुट्टा तान्नेहरू वरिपरि नै रहने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

वृष : नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८२ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिको सुझावलाई मानेर अघि बढ्दा फाइदाजनक छ। छलकपटतिर चाहिँ नलाग्नु होला, यसमा भलो छैन।

मिथुन : पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ। रमणीय र सुखद यात्राको योग छ। मन मिल्ने साथीको सुझावले करिअरको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। तर, अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

भाग्यशाली रङ्ग पर्पल, भाग्यशाली अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ४१, सेयर बजारमा ७, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग पनि ७१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने र छलकपट नगर्ने।

कर्कट : मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। साँझमा भने दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी काम सुरु गर्दा बढी फल मिल्नेछ भने उत्तर दिशाको यात्रा त्यति उपयुक्त छैन।

सिंह : नयाँ कार्यको योजना बन्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्य स्थिति सबल नै रहनेछ तर सजग भने रहनु पर्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६९ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्दा राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा खासै फाप्ने देखिँदैन, भरसक नजानु नै बेस।

कन्या : रोकिएका काम सुरु हुन सक्छन्। आँटेको र ताकेको कार्य पूरा होला। विशिष्ट व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।

कन्या राशिको आज भाग्यशाली रङ्ग सेतो रहेको छ भने भाग्यशाली अङ्क १ हो। त्यस्तै, प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ४० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्दा बढी फल मिल्नेछ। कालो रङ्गको प्रयोग भने नगर्नु होला।

तुला : शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। पुँजी बजारबाट धन लाभ हुनेछ।

भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ५७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

आज स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गरेमा मनोकांक्षा पूरा हुनेछ। तर, सजिलै अरूको विश्वास भने नगर्नु होला। ढाँट-छल गर्नेहरू वरिपरि रहनेछन्।

वृश्चिक : अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुन सक्छ जसको फाइदा काम बिगार्न चाहनेहरूले लिन सक्छन्। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा आत्मसन्तुष्टि मिल्नेछ। यात्रा गर्नु भने त्यति उचित छैन त्यसैले भरिसक्के लामो यात्रा नगर्नु होला।

धनु : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारबाट लाभ नै मिल्नेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला। तर, प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।

भाग्यशाली रङ्ग हरियो रहेको छ भने भाग्यशाली अङ्क हो। त्यस्तै, प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७५, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यापनमा प्रगति होला। झुट चाहिँ नबोल्नु होला, यसले हितभन्दा बढी हानि गर्नेछ।

मकर : लाभदायक यात्रा रहनेछ। अध्ययन-अध्यापन सफल नै रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ७१/७१ तथा सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खानाले साइत पर्नेछ। खैरो रङ्गको प्रयोग भने त्यति उपयुक्त छैन, त्यसैले नगरेकै राम्रो।

कुम्भ : रोकिएका काम पुनः सुरु हुन सक्छन्। सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट फाइदा मिल्नेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर कामको आरम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मीन : बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ। घरायसी झमेलामा परिनेछ। प्रेममा बाधा पनि हुनसक्छ, तर वैदेशिक कार्य अघि बढ्नेछ।

मीन राशिको आज भाग्यशाली अङ्क १ रहेको छ भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा पनि ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले चिताएको पुग्ला। निलो रङ्गको प्रयोग त्यति राम्रो छैन त्यसैले नगरेकै बेस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .