ad ad

समाज


तनाव बढेपछि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

तनाव बढेपछि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८० सोमबार १७:२०, काठमाडौँ

धार्मिक तनाव बढ्न थालेपछि पर्साको सदरमुकाम वीरगन्जमा सोमबार अपरान्ह ५ देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना निकालेर वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो। 

रौतहटको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद चलेको थियो।

त्यही विवादको असर वीरगन्जमा पनि देखिएपछि सोमबार दुई अलग समुदायबीच ठाउँ ठाउँमा झडप भएको हो। 

झडपले स्थिति तनावपूर्ण भएपछि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

प्रशासनले वीरगन्जको सीमाक्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र कर्फ्यु लगाएको हो। 

सोमबार दिउँसो हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा प्रहरीसँग झडप भएको थियो।

बजार बन्द गराउने क्रममा केही पसल तोडफोड गरेपछि मुस्लिम समुदायसम्वद्धत समूहले अवरोध गर्न खोजेको थियो।

तनाव बढ्दै जाँदा हिन्दुवादीहरूले जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेका थिए। त्यसपछि मुस्लिम समुदायको समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दुसम्वद्ध झण्डा च्यात्न थालेका थिए। 

तनावबीच इदगाह चोकमा मुस्लिम समुदायका केही युवाले टायर बालेर प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो। त्यहाँ लाठीचार्ज गरिँदा तनाव बढ्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .