ad ad

समाज


आज वृष राशिको सबैभन्दा धेरै भाग्याङ्क, अरू कुनको कस्तो हेर्नुस् माघ २६ गतेको राशिफल

आज वृष राशिको सबैभन्दा धेरै भाग्याङ्क, अरू कुनको कस्तो हेर्नुस् माघ २६ गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २६, २०८० शुक्रबार ४:४९, काठमाडौँ

आज २६ माघ २०८०, शुक्रबार। अंग्रेजी पात्रोअनुसार ९ फेब्रुअरी २०२४। हेर्नुस् आजको राशिफल-

मेष : शुभ समाचार सुन्न पाइएला। नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्राविधिक विषयमा बढी सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

मेष राशिको आज भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ। यो राशि हुनेहरूको आज प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, आज स्वास्थ्य ८१ प्रतिशतसम्म अनुकूल रहनेछ भने यात्राको योग ६५ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।
यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्दा बेस।

वृष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धर्मकर्म तथा समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनसक्छन्। नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

आज वृष राशिको भाग्यशाली रङ्ग गुलाबी वा कालो रहेको छ भने भाग्यशाली अङ्क ८ हो। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८५ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ९० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ८५ प्रतिशत रहेको छ।

बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : मन खिन्न हुने स्थिति आउनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ तर मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ६ हो। आज प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५८, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ८१ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ। त्यसैगरी स्वास्थ्य अनुकूलता ५१ प्रतिशत र यात्राको योग ४५ प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत मात्रै रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा सफल भइनेछ भने दक्षिण दिशाको यात्रा गर्नु त्यति राम्रो देखिँदैन।

कर्कट : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। अरूलाई प्रभावित पारेर काम बन्ला। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि समय श्रेष्ठ छ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग घ्यू रङ्ग हो भने भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कर्कट राशि हुनेले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपट गर्नाले आफैँलाई हानि गर्नेछ।

सिंह : शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। रोकिएका अधुरा काम पूरा हुनेछन्। आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ। सुखद यात्राको अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ्ग सेतो रहेको छ र भाग्यशाली अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगरेकै उत्तम।

कन्या : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि रोकिएका अधुरा र विदेशका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शिक्षामा सफलता पाइएला।

यो राशिको आज भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५०, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, आज स्वास्थ्य ८१ प्रतिशतसम्म राम्रो रहनेछ। यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

कन्या राशि हुनेले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग त्यति राम्रो देखिँदैन।

तुला : समय मध्यम खालको छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला।

यो राशि हुनेको आज भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७५, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग नगर्दा राम्रो।

वृश्चिक : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। साँझमा खुसीका निम्ति केही खर्च हुनसक्छ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ्ग पहेँलो हो भने भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ८०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

आज स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगरेकै राम्रो।

धनु : आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ।

धनु राशिको आजको भाग्यशाली रङ्ग सेतो वा निलो रहेको छ भने भाग्यशाली अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ७६, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ८४ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ७५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क पनि ७१ प्रतिशत नै रहेको छ।

यो राशि हुनेले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा सेतो रङ्गको प्रयोग नगरेकै बेस।

मकर : कुनै कुराको चिन्ता हटेर मन हलुका हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ तर केही धन खर्च भने हुनसक्छ।

यो राशिको आज भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६५, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ६० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६४, यात्राको सम्भावना ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खरानी रङ्गको प्रयोग नगर्ने।

कुम्भ : अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति हुनसक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ, साँझमा भने आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

यो राशिको आज भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क २ रहेको छ। आज प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५१, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ८५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ४१ प्रतिशत रहेको छ भने यात्राको सम्भावना ४४ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत मात्र रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुटो बोलेमा काम बिग्रने देखिन्छ।

मीन : अतिथिका रूपमा सम्मान पाइनेछ। रोकिएका अधुरा काम पूरा हुनेछन्। नयाँ कार्यको योजनले गति पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।

मीन राशिको आज भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातिर चाहिँ नजानु होला, त्यति राम्रो देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .