उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण गरेका छन्।
त्यस अवसरमा उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्ट निरीक्षणका क्रममा उनले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैरसैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्दै प्रभावकारी ढङ्गबाट कार्यसम्पादनका लागि नेपाली सेना र कर्मचारीलाई हौसला दिए।
उपप्रधानमन्त्रीका साथ प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए।
42
Shares
प्रतिक्रिया