ad ad

समाज


जाडो बढेपछि ईश्वरपुरका विद्यालय अनिश्चित कालका लागि बन्द

जाडो बढेपछि ईश्वरपुरका विद्यालय अनिश्चित कालका लागि बन्द

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८० सोमबार ८:५९, सर्लाही

हुस्सु, कुहिरो र शितलतहरसँगै चिसो बढ्दै गएपछि सर्लाहीको ईश्वरपुर नगरपालिकाले सबै विद्यालय अनिश्चितकालको लागि बन्द गरेको छ। 

ईश्वरपुर नगरपालिकाले दुई साता लामो जाडो बिदापछि आइतबार (७ माघ)बाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको थियो। तर, चिसो बढ्दै गएपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको ईश्वरपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिप्रसाद दाहालले जानकारी दिए। 

‘केही दिनदेखि तराईमा बढ्दै गएको अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यजनर गरी अर्को सूचना नहुँदासम्म नगरपालिका क्षेत्रका सबै विद्यालयले जाडो बिदा दिन अनुरोध गरिन्छ,’ शिक्षा शाखाका उपसचिव दाहालले जारी गरेको सूचनामा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .