ad ad

समाज


पढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन

पढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १२:३०,

राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनले नेपालजस्तो अल्पविकसित देशका युवाहरुले जागिरमा नभइ उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्।

 स्वतन्त्र विद्यार्थी युनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको ‘विद्यार्थी मेला २०२०’ मा शुक्रबार बोल्दै पुनले उद्यामशीलतामा जोड दिन युवाहरुलाई आग्रह गरेका हुन्।

 उनले नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गरे। उनले विद्यार्थीहरुलाई अध्ययनपछि नभई अध्ययन र उद्यमशीलता सँगसँगै लैजान सुझाब समेत दिए।

‘उद्यमी बन्न पढाइ सकेर शुरू गर्ने होइन कि पढ्दै उद्यम गर्ने हो’, उनले भने, ‘कलेज छिरेको पहिलो दिनदेखि नै पढ्दै सिक्दै उद्यम गर्नुपर्दछ जसले गर्दा पढाइ सकिँदासम्म सो विद्यार्थीले उद्यमशिलताको सबै आयमहरू बुझ्न सक्दछन्।’

आविष्कार र अन्वेषण सबैलाई चाहिने बताउँदै उनले नेपालमा राजनीतिले ठीक दिशा नलिनुको कारण यसमा अन्वेषण र अनुसन्धानको कमी भएको दावी गरे।

मेलाको विभिन्न प्रदर्शनीहरु तथा रोवर्ट भिडन्तको अवलोकन गर्दै उनले मेलामा देखाउनका लागि मात्र नभई यस्ता गतिविधिहरुमा निरन्तर लाग्नुपर्नेमा जोड दिए। साथै उनले राम्रो योेजना लिएर टिम बनाएर आउन विद्यार्थीहरुलाई आह्वान समेत गरे। ‘विद्यार्थीहरू मेला वा प्रतियोगिताका लागि मात्र अन्वेषणका काम गर्ने होइन’, उनले भने, ‘यसलाई अध्ययनको एक पद्धतिका रूपमा लिनुपर्दछ।’

मेलामा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई २५हजार रुपैयाँ सहयोग गरिएको समेत कोषाध्यक्ष प्रकृति दवाडीले जानकारी दिइन्। केन्द्रको सहयोगार्थ मेलामा पुस्तक मेला समेत आयोजना गरिएको छ।

मेलाको महिला सशक्तिकरण नामक सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुनिता बरालले महिलाहरुलाई राजनीतिमा पछाडी पार्नुले देशको विकासमा नै गम्भीर असर परिरहेको बताउनुभयो । मेलाको शुक्रबारको सत्रमा पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर, रोवर्ट भिडन्त, कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .