पोखरामा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा छोडिएको सुन जस्तो पहेँलो धातु फेला पारेको छ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका सशस्त्र प्रहरीले बाहिरी अभ्यासको क्रममा पोखरा महानगरपालिका–१५ टुटुङ्गा ढुङ्गेसाँघुको पुल नजिक झाडीमा बेवारिसे अवस्थामा कालो झोलाभित्र पहेँलो सुन जस्तो देखिने ४५ थान धातु फेला पारेका थिए।
सो वस्तु फेला पारेपछि सशस्त्रले जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएको थियो।
जिप्रका कास्कीबाट गएको अनुसन्धान टोलीले स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको रोहबरमा बरामद गरी अनुसन्धान अघि बढाएको थियो।
सुनचाँदी व्यवसायी संघ, कास्कीमा चेकजाँच गर्न पठाउँदा सुन नरहेको भनि सुनचाँदी व्यवसायी संघ कास्कीले आज प्रहरीलाई पत्र पठाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिप्रका कास्कीले जनाएको छ।
Shares
प्रतिक्रिया