सामाजिक सञ्जालमा मोबाइल बिक्रीको विज्ञापन राखी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको साबिक लिपनीविर्ता गाविस २ निवासी ३३ वर्षीय अफताब आलम र महोत्तरीको साबिक गोनरपुरा गाविस ४ निवासी २७ वर्षीय विनय शाह रहेका छन्।
आलम र साहले सामाजिक संजाल फेसबुक, टिकटक, इन्सटाग्रामको मार्केट प्लेसमा फेसबुक पेज : ट्रेडलाइन सोनी ए७३, वेस्ट बाइ स्टोर जस्ता नाम राखि सस्तोमा आइफोन मोबाइलहरु बिक्रीमा रहेको झुठा विज्ञापन राख्ने गरेका थिए।
उनीहरुले निवेदकहरुसँग अनलाइनमा च्याट गरी अग्रिम १० प्रतिशत पेमेन्ट गरे वापत बाँकी रकम किस्ता किस्तामा तिर्न मिल्छ भनि पीडितहरुलाई डेलिभरीको सामान आइपुगेको छ, तपाइँले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनेर रकम लिने गरेका थिए।
साथै वैदेशिक रोजगारको विज्ञापन राखी पीडितलाई विश्वास दिलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा जम्मा १० लाख ३९ हजार रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ।
उक्त ठगी कार्यमा संग्लन रहेका आलम र साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ।
Shares
प्रतिक्रिया