ad ad

समाज


मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

मुक्तिनाथ बैंकको शाखा कार्यालयमा आगलागी

नेपालखबर
माघ १८, २०७६ शनिबार ५:२५,

वीरगञ्ज महानगरपालिका ८ लिंकरोडमा रहेको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ।

नगर विकासको भवनमा रहेको बैंकको शाखामा बिजुलीकाे तार सर्ट हुँदा शुक्रबार राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

 ‘विद्युत सर्ट भएर आगलागी भएको भन्ने सूचना आएको छ’, नेपालखबरसँग कुरा गर्दै डीएसपी शाहीले भने, ‘सामान्य कागजपत्र जलेको र केही कम्प्युटर र पिन्टरऽ फर्निचर जलेको देखिन्छ। पैसा र मावनीय क्षति भने भएको छैन।’

वीरगञ्ज महानगरपालिकाको दमकलको सहयतामा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणले बताइएको छ।

यता बैंकले भने १० भन्दा बढी ककम्प्युटर, ३ वटा प्रिन्टर, एसी र केही थान फर्निचर जलेको जनाएको छ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .