ad ad

समाज


चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी गर्छाैं, ढुक्क हुनुस् : चिनियाँ दूतावास

चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी गर्छाैं, ढुक्क हुनुस् : चिनियाँ दूतावास

नेपालखबर
माघ १८, २०७६ शनिबार ४:३३,

नेपालस्थित चिनियाँ दूतावासले कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ।

‘केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरुको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ’, काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार बिहान विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियतासाथ पहलकदमी गरिरहनेछ, कृपया ढुक्क हुनुहोस्।’

यससम्बन्धी कुनै आवश्यकता परेमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्ने दूतावासले जनाएको छ।

कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीले अन्य देशलेजस्तै नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गर्नु पर्ने आवाज उठाइरहेका बेला दूतावासले भने स्वास्थ्य उपचारको सुनिश्चितता गरेको हो। वुहान र चीनका अन्य शहरमा रहेका केही नेपालीले उद्धार गरी आफुहरूलाई नेपाल फर्काउन माग गर्दै आएका छन्।

चिनियाँ दूतावासले विज्ञप्तीमा कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न नेपालस्थित डब्लूएचओलाई नेपाली पक्षबाट भएको सहयोगका लागि प्रशंसा पनि गरेको छ।

हालै सिर्जित नयाँ परिस्थितिका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा असर पर्नसक्ने बताउँदै चीनले यो महामारी नियन्त्रणमा आएपछि भने धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्दै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .