पोखराको न्यूरोडमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा एक युवा पक्राउ परेका छन्।
भारतको मोतिहारी घर भइ हाल पोखरा ९,नयाँबजारमा सैलुन पसल सञ्चालन गरी बस्ने २० वर्षीय बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
ठाकुरलाई मंगलबार राति एटीएम मेसिन रहेको ढोकाको लक फोडी भित्र पसेपछि एटीएम मेसिन पनि तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीको प्रवक्ता डीएसपी श्रवणकुमार बिकले बताए।
प्रहरीले एटीएम मेसिन फोड्न प्रयोग गरिएको फलामको रड, पेचकस, कपाल काट्ने कैँची पनि बरामद गरेको जनाएको छ।
258
Shares
प्रतिक्रिया