ad ad

समाज


अमेरिकीसहित ८ देशका सेनासँग संयुक्त तालिम गर्दै नेपाली सेना

अमेरिकीसहित ८ देशका सेनासँग संयुक्त तालिम गर्दै नेपाली सेना

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १९:६, काठमाडौँ

नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सञ्चालन हुने भएको छ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ। उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसगँको शैक्षिक छलफल र टेवल कार्य काठमाडौँमा  तथा स्थलगत प्रशिक्षण अभ्यास चितवनमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

अभ्यासमा विपद् व्यवस्थापन कार्यसँग आबद्ध नेपालका सरकारी तथा गैरसरकारी निकायबाट दुई सय १० र अमेरिकी सेनाका ४४ तथा भारत, मालदिभ्स, मङ्गोलिया, थाइल्यान्ड, श्रीलङ्का, क्यानडा र बेलायतबाट १६ गरी कूल दुई सय ७० जनाको सहभागिता रहनेछ।

उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .