ad ad

समाज


धादिङ केन्द्रबिन्दु भएर आजै सातचोटि भूकम्प गयो, काठमाडौँ पनि तीनपटक हल्लियो

धादिङ केन्द्रबिन्दु भएर आजै सातचोटि भूकम्प गयो,  काठमाडौँ पनि तीनपटक हल्लियो

आजको भूकम्पले धादिङमा गएको सुक्खा पहिरो।


नेपालखबर
कात्तिक ५, २०८० आइतबार २०:२४, काठमाडौँ

आज (आइतबार) बिहानदेखि बेलुकासम्म धादिङ केन्द्रबिन्दु भएर सातचोटि भुइँचालो गएको छ। यीमध्ये तीनचोटि काठमाडौँ उपत्यका पनि हल्लिएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लोपटक साँझ  ५ बजेर ३३ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो। यसको ठीक २ मिनेटअघि साँझ ५ बजेर ३१ मिनेट जाँदा त्यही क्षेत्र केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो। यी दुवैपटकको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो। 

आज सबैभन्दा पहिले बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। जसले काठमाडौँ उपत्यका उपत्यका पनि मज्जैसँग हल्लाएको थियो। 

यसको २९ मिनेपछि अर्थात् बिहान ८ बजेर ८ मिनेट जाँदा खरी नजिक क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

फेरि यसको २० मिनेटपछि अर्थात् बिहान ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गयो भने ५१ मिनेटपछि अर्थात् बिहान ८ बजे ५९ मिनेट जाँदा खरी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।  

सबै गरेर आज साँझ ५ बजेर ३३ मिनेट जाँदासम्म धादिङलाई केन्द्रबिन्दु बनाएर सातपटक भूकम्प गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .