ad ad

समाज


कानुनका १२ सहसचिवको सरुवा, काठमाडौंका वकिल प्रमुख पनि परिवर्तन (सूची)

कानुनका १२ सहसचिवको सरुवा, काठमाडौंका वकिल प्रमुख पनि परिवर्तन (सूची)

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८० बुधबार ११:५०, काठमाडौँ

न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतहरूको सरुवाको निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले कानुन समूहअन्तर्गतका कर्मचारीहरूको सरुवाको निर्णय गरेको हो। 

आयोगको निर्णयसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख पनि फेरिएका छन्। यसअघि यहाँ कार्यरत सहसचिव अच्यूतमणि नेउपानेलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सन्देश श्रेष्ठ सरुवा भएर आएका छन्। श्रेष्ठ यसअघि महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत थिए। 

उच्च सरकारी वकिल कार्यालय पोखरा, जनकपुरका सहन्यायाधिवक्ताहरूको पनि सरुवा गरिएको छ।

यदुनाथ शर्मालाई उच्च सरकारी वकिल कार्यालय पोखरा, कोषहरि निरौलालाई जनकपुर, उच्च सरकारी वकिल कार्यालय ओखलढुंगा दरबन्दी भई काजमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता हरिशंकर ज्ञवालीको महान्यायाधिवक्ता कार्यालयमै सरुवा गरिएको आयोगले जनाएको छ।

यस्तै अर्थमन्त्रालयका सहसचिव अर्जुनकुमार खड्कालाई न्याय सेवा तालिम केन्द्रमा, काजमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेका धर्मराज कुइकेललाई राष्ट्रपति कार्यालयमा, नेपाल कानुन आयोगका कोमलबहादुर खत्रीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत राजेन्द्र थापालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा, न्याय सेवा तालिम केन्द्रमा कार्यरत बलसागर गिरीलाई अर्थमन्त्रालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत अरुणा जोशीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ।

४३ जना अधिकृतको  ५१ जना उपसचिवलाई पनि सरुवा गर्ने निर्णय भएको छ भने कानुन अधिकृत १५ जनालाई पनि सरुवा गरिएको छ।

सरकारी वकिल समूहका ७३ जनाको पनि सरुवा गरिएको छ। न्याय समूहका १५, कानुन समूहका८ र सरकारी वकिल समूहका २८ जना अधिकृतको पदस्थापन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .