पुरातत्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ।
गत साता पेस गरिएको दस्तावेजको मस्यौदा अध्ययन गरी युनेस्कोले सच्याएर पठाउन सुझाव दिने उनले बताए।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै सहरका सांस्कृतिक सम्पदालाई एउटै हुनेगरी युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको प्रवक्ता कुँवरले जानकारी दिए। प्राकृतिकमा सगरमाथा क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएका छन्। तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएमा सांस्कृतिकबाट तेस्रो सम्पदा हुने विभागले जनाएको छ। रासस
Shares
प्रतिक्रिया