सोमबार राति काठमाडौंको हनुमान ढोकामा ओखलढुंगाका युवकको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
धारिलो हतियार प्रहार गरी ओखलढुंगाको लिखु गाउँपालिका ४ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको हत्या भएको थियो।
राति १० जबेर १५ मिनेटतिर उनीमाथि धारिलो हतियार चक्कू प्रहार भएको काठमार्डौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
कार्कीलाई तत्काल ट्रमा सेन्टरमा लगिएको थियो। तर त्यहाँबाट मनोमहन कार्डियो अस्पताल, महाराजगञ्जमा लगिएको थियो। उनको उपचारको क्रममा राति नै मृत्यु भएको हो।
घटना लगतै अनुसन्धान थालेको प्रहरीले घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई राति नै काठमाडौं महानगरपालिका–२४ मखनस्थितबाट पक्राउ गरेको थियो।
भुमी मल्ललाई मंगलबार क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका १६ पाटनढोकाबाट पक्राउ गरेको हो।
उनीहरूलाई घटनामा प्रयोग गरेको चक्कु सहित पक्राउ गरेको हो।
उनीहरूमाथि अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतबाट सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीको सोमबारबाटै लागु हुने गरी ६ दिन र भुमी मल्ल र अरबिन ठकुरीको हकमा मंगलबारबाट लागु हुने गरी ५ दिन म्याद थप भएको छ।
२० वर्षीया सोनिया श्रेष्ठ खड्गी काठमाण्डौ महानगरपालिका १९ घर भइ हाल ललितपुर जिल्ला लुकुसी बस्ने २२ वर्षीय सन्देश खड्गी ललितपुर महानगरपालिका १९ एकान्तकुनाका हुन्।
१९ वर्षीया भुमी मल्ल मकवानपुरको हेटौँडा उपमहानगरपालिका २ घर बई हाल काठमाडौं २४ बस्छन्। १९ वर्षका अरबिन ठकुरी ललितपुरको गोदावरी नगरपालिका ५ घर भई हाल ललितपुरको नागाबाहल बस्छन्।
उनीहरूले भैरवको पसलमा रक्सी खाने विषयमा सामान्य विवाद हुँदा कार्कीमाथि चक्कू प्रहार गरेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया