ad ad

समाज


सुनसरी मालपोतका दुईजना कर्मचारी डेढ लाख घुससहित पक्राउ

सुनसरी मालपोतका दुईजना कर्मचारी डेढ लाख घुससहित पक्राउ

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १७:१९, काठमाडौँ

 सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुईजना कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

सुनसरी मालपोत कार्यालयका नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट गएको टोलीले शुक्रबार उक्त घुस रकमसहित पक्राउ गरेको हो।

उनीहरुले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनीहरुलाई अख्तियारको टोलीले इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट पक्राउ गरेको हो।

उक्त परिमाणको घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरेर इटहरीस्थित क्षेत्रीय कार्यालयको हिरासतमा राखिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .