नेपाल पत्रकार महासंघले रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको रातोपाटी अनलाइनले जनाएको छ।
‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो’ महासंघले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ।’
अपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
Shares
प्रतिक्रिया